d

मध्यरातमा ओली प्रधानमन्त्री नियुक्त भएको देउवाको खुलासा (प्रेस वक्तव्य सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पर्दाफास सम्बादाता
जेष्ठ ८, काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मध्यरातमा राष्ट्रपतिले के.पी. ओलीलाई पुन: प्रधानमन्त्री पदमा नियुक्त गरेको आरोप लगाएका छन् । शनिबार जारी गरिएको प्रेस वक्तव्यमा सभापति देउवाले उक्त तथ्यको खुलासा गर्दै आरोपित गरेका हुन् ।
शनिवार एक वक्तव्य प्रकाशन गर्दै  देउवाले ओली मध्यरातमा प्रधानमन्त्री बनेको आरोपित गरेका छन् ।
प्रधानमन्त्री भएको १ घण्टा मै संसद भंग गरेको सभापति देउवाको आरोप छ ।
वक्तव्यको अन्तिम हरफमा भनिएको छ, 'यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले षड्यन्त्र पुर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराती प्रतिनिधि सभाको हत्या गरेको घटना बाट प्रमाणित भएको छ ।

देउवा द्वारा जारी गरिएको वक्तव्य सेतोपाटी अनलाइनमा प्रकाशन भएको थियो।  
२ पेज लामो वक्तव्यमा राष्ट्रपति अपमानित हुनेगरी भाषा प्रयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले भत्सर्ना गरेका भएपनी आफु  मध्यरातमा सबै सुतेको बेला प्रधानमन्त्री नियुक्त गरिएको विषयमा भने ओली चुप देखिएका छन् ।
सभापति देउवाले लगाएको आरोपले राष्ट्रपतिले ओलीलाई मध्यरातमा किन र कुन प्रक्रियाबाट नियुक्त गर्नुभएको हो भन्ने विषयले नेपाली राजनीतिमा शनिबार दिनभरी कुनै चर्चा पाएको देखिएन ।
 संविधानको धारा ७६ (५) मा प्रवेश गर्नको लागि ओलीले पुनः प्रधानमन्त्रीमा नियुक्त हुनैपर्ने विज्ञहरुले दावी गर्दै आएका छन् ।

 
Cover Image: DD News
Views: