d

संसद विघटनको विरोधमा मुलुकभर मसाल जुलुस र पुत्ला दहन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमान्डौ/  केपी ओली नेतृत्वको सरकारले ५ महिनाकै अवधिमा दोस्रो पटक संसद विघटन गरेको विरोधमा देशका विभिन्न भागमा
प्रधानमन्त्री र राष्ट्रपति विरुद्द  विपक्षीहरुले पुत्ला दहन गरेका छन्।  कोरोना महामारीको भयावह अवस्थामा असंवैधानिक तवरले संसद भंग गरेको भन्दै उनीहरुले सिन्धुली, स्याङ्जा, सुनसरी, नवलपरासी, जनकपुर, कलैया, नेपालगंज, रौतहट,  लगायतका जिल्लाहरुमा रातभर मसाल जुलुस निकाल्दै  प्रधानमन्त्री र राष्टपतिको पुत्ला जलाएका हुन्। 
शनिवार साँझ सिन्धुली सदरमुकाम माढीबजारमा नेपाली कांग्रेस निकट युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्रीओलीको पुत्ला जलाएर विरोध गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको धज्जी उडाउँदै पटक पटक संसद विघटन गरेर अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले विरोध गरेका थिए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भन्डारीले जालझेल र बदनियतपूर्ण तरिकाले बिहीबार बिहान प्रतिनिधिसभा विघटन गरेपछि संविधान, लोकतन्त्र र संसद रक्षाको लागि आन्दोलनमा उत्रनु परेको कांग्रेसका युवा तथा विद्यार्थीहरुले बताएका छन् ।
सरकारले दोस्रो पटक प्रतिनिधिसभाको विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनका लागि सिफारिस गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि विपक्षी दलहरु विरोधमा उत्रेका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिका असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस ले शनिबार साँझ सदरमुकाममा विरोध र्‍याली सहित पुत्‍ला दहन गरेको छ।
कोरोना संक्रमणले देशको अवस्था झन् जटिल बन्दै गएको बेला  प्रधानमन्त्री भने मानवीय संवेदनालाई ख्यालै नगरी सत्ता स्वार्थमा लिप्त रहेको भन्दै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले विरोधमा उत्रिएका छन्।  

 

image: Sajha daily 
Views: