d

मुस्ताङमा संक्रमण घट्दै, एकै दिन ४४ जनाले जिते कोरोना  

Views:
Responsive Image Gallery
Responsive Image Gallery
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जान थालेको छ। विगत १५ दिन देखि अप्रत्याशित रुपमा बढेको कोरोना संक्रमण विस्तारै घट्दै गएको हो।  
गत वैशाख १५ गतेदेखि यता देखा परेको कोरोनाको दोश्रो लहर पछिल्लो समय कम हुँदै गइरहेको जिल्ला स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ।
कार्यालयका अनुसार मुस्ताङमा पछिल्लो तीन सातामा ४४ जना व्यक्ति संक्रमण मुक्त भएका छन्। मुस्ताङमा शुक्रबारसम्म कुल संक्रमितको सख्या १ सय ८८ पुगेपनि हाल संक्रिय कोरोना संक्रमितको संख्या भने १ सय ४४ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ।  

 

Image: muchbetteradventures.com
Views: