d

प्रम ओलिको निर्वाचन क्षेत्रमा राष्ट्रपतिको कदम बिरुद्व ने. वि. संघले निकाल्यो मसाल जुलुस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी 
जेष्ठ ९, झापा / राष्ट्रपति बिद्यादेबी भण्डारीको अलोकतान्त्रिक र गैरसंबैधानिक कदम बिरुद्द  प्रम केपी ओलिको  निर्वाचन क्षेत्र  समेत रहेको झापा जिल्लाको  गौरादहमा नेबि संघले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गरेको छ ।
 नेपाल विद्यार्थी  संघ गौरादह नगर समितिको आयोजनामा  रास्ट्रपतिको अलोकतान्त्रिक कदमको बिरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो । 
स्वतस्फूर्त रुपमा बजारको मध्यभागबाट निस्किएको मसाल जुलुस सहितको र्यालीमा बिध्यार्थी हरुले गैर संबैधानिक कदम बिरुद्द नाराबाजी समेत गरेका थिए ।
 जुलुस पश्चात्  बिरोध प्रदर्शन स्वरुप गौरादहको डिपुचोकमा बिरोध जनाउदै  बिध्यार्थीहरुले  राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै  विरोध प्रदर्शन गरेका हुन् ।
कोरोना महामारिको विषम परिस्थितिमा मानव स्वास्थ्यको सुरक्षाको ग्यारेन्टी गर्नुको सट्टा के. पि. ओलिको सरकार जोगाउन रास्ट्रपति कार्यालयको गरिमा समेत भुलेर  बिद्या भण्डारी लागेको ठहर गर्दै बिध्यार्थी हरुले संविधानको रक्षार्थ शक्ति प्रदर्शन गरेका हुन ।
नेबि संघ नगर सभापति बाबुराम नेपालको नेतृत्वमा निकालिएको बिरोध जुलुसमा के पि ओलि र बिद्या  भण्डारीको सेटिङमा मध्यरातमा  भङ्ग गरिएको सम्सद बिघटनको खारेजको माग गर्दै निध्यार्थीहरुले नाराबाजि गरेका थिए ।
बिध्यार्थीको बिरोध प्रदर्सनलाई ईलाका प्रहरी कार्यालय गौरादहको टोलिले डिपुचोकमा हस्त्तक्षेप  गरेको थियो ।
Views: