d

कोरोना नियन्त्रणमा नबिल बैंकले गर्यो  ८ करोड सहयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएकोछ । संक्रमण भयावह रुपमा फैलिदै गर्दा र  अस्पतालमा बिरामीले अक्सिजन नपाउने समस्या देखिएपछि बैंकले सरकारलाई सहयोग गरेको हो । 
समझदारीअनुसार बैंकले ५० क्युबिक लिटर प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने जनाइएको छ । वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैंकले थप प्रकिया अगाडि बढाइसकेको जनाएको छ । प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास व्यक्त गरेको छ ।  
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुवाती समयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको जनाएको छ । चालू आवमा कोभिड– १९ को प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ । 
चालू आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका तीन सय ३० जना स्वास्थ्यकर्मीलाई एकदिने अभिमुखीकरण तालिम दिइएको बैंकले जनाएको छ । बैंकले हालसम्मको काम र समझदारीअनुसार कोभिड– १९ रोकथाम र नियन्त्रणमा लगभग आठ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । नयाँ पत्रिका। 
Views: