d

वीरगन्ज महानगर खोप खरिद गर्न उत्साहित, संघिय सरकार संग माग्यो अनुमति

Views:
Responsive Image Gallery
Responsive Image Gallery
वीरगन्जः वीरगन्ज महानगरपालिकाले कोरोना विरुद्धको खोप खरिद गर्न उत्साहित देखिएको छ।  नगरपालिका आफैं खोप खरिद गर्न सक्षम रहेको भन्दै खोप खरिद  र प्रयोगका लागि संघीय सरकारसँग अनुमति मागेको हो  ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर वीरगन्ज महानगरपालिकाले कोरोना विरुद्धको खोप खरिद र प्रयोगका लागि अनुमति मागेको हो ।
सरकारले सबै नागरिकलाई सहज रुपमा खोप उपलब्ध गराउन नसकेपछि वीरगन्ज महानगरपालिका आफैले खोप खरिदको अनुमति माग गरेको नगर प्रमुख विजय कुमार सरावगीले बताए ।
संक्रमणको पहिलो लहरका बेला नेपालमै स्थानीय तहको हैसियतमा पहिलो पटक वीरगन्ज महानगरपालिकाले नै कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको थियो ।
अहिले दोश्रो लहरमा, वीरगन्ज महानगरपालिका आफैले महानगरका नागरिकलाइ कोरोना भाइरस विरुद्धको खोप लगाउने योजना बनाएर, खोप खरिद गर्न सरकारसँग अनुमति मागेको हो ।
तस्बिर: बिरगंज महानगरपालिका 
मन्त्रालयलाई गरिएको पत्राचारमा महानगरपालिकाले महानगरका कम्तिमा १ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेर खोप खरिदका लागि सरकारसँग अनुमति मागेको सरावगीले बताए ।
‘कोभिड १९ भाइरसले पटक पटक स्वरुप परिवर्तन गर्दै आएकाले संक्रमणको अन्त्य कहिले हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनले पनि भन्न सकेको छैन, संक्रमणबाट बच्न खोपको प्रभावकारिता समेत देखिएको छ, त्यसैले महानगर आफैँले खोप खरिद गरेर नगरवासीलाई खोप लगाउने योजना बनाएको छ, खरिदका लागि सरकारसँग अनुमति मागेका छौँ' महानगरले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
अहिले वीरगन्जमा कोरोना संक्रमणको दोश्रो लहरमा दिनहुँ मृत्यु हुनेको संख्या बढिरहेकाले चिन्ताको विषय भएको भन्दै नगरप्रमुख सरावगीले यसलाई रोक्न सक्ने खोप नै उचित विकल्प देखिएकोले खोप खरिद गर्न लागिएको बताए ।
सरकारले अनुमति दिए अमेरिका र रुसमा उत्पादन भइरहेका खोप खरिद गर्ने योजना बनाएको भन्दै उनले भने ,‘ अमेरिकन फाइजर र रसीयन स्पतुनिक–५ खोपको पनि प्रभावकारिता राम्रो छ, सरकारले अनुमति दियो भनेर ती देशबाट मगाएर नगरबासीलाई लगाउँछु ।'
उनले भने ‘नागरिकको जीवन बचाउन सकिन्छ भने महानगर खोपमा ५/७ करोड खर्च गर्न तयार छ । अमेरिका र रुसमा निजी कम्पनीहरुले नै खोपको डील गरिरहेको र आफूसँग ती कम्पनीसँग डील गर्न सक्ने संयन्त्र रहेको सरावगीको जिकिर छ । सरकारले खरिदका लागि अनुमति दिएमा महानगरपालिकाले सरकारले तोकेकै नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए । 
कान्ती साहले अन्नपुर्ण पोस्टमा यो खबर लेख्नुभएको छ।  
Views: