d

गौरादह: गाडिएको चामल हेर्न खोज्दा  सुरक्षाकर्मी परिचालन गरि रोक्

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह नगरपालिकाले खाल्डो खनेर गाडेको चामल स्थानीयले खनेर हेर्न बाट स्थानीयहरू बन्चित भएका छन् ।  नगरपालिकाको कम्पाउण्ड भित्र गाडिएको चामल खोतलेर हेर्न खोज्दा सुरक्षाकर्मी प्रयोग गरि नगरपालिकाले रोकेको  हो।  

No description available.

नगरपालिका कार्यालयमा मंगलबार  बिहानै  स्वतस्फुर्त रुपमा सयौंको सङ्ख्यामा  स्थानियहरु भेला भई   गाडिएको भनिएको चामल खनेर हेर्न प्रयास गर्दा ईलाका प्रहरी गौरादहबाट खटिएका सुरक्षाकर्मीले उनीहरुको प्रयास निस्तेज पारेका थिए।   

 

No description available.


कुनै पनि हालतमा खन्नै  पर्ने भन्दै स्थानीयले जवर्जस्ती गर्न खोज्दा सशस्त्र प्रहरी बल बैगुन्धुरा (खजुरबारी) तथा ईलाका प्रहरी कार्यालय दमक बाट थप सुरक्षाकर्मी परिचलान गरिएको थियो। 

 

No description available.चामल गाडिएको स्थानमा भेटिएको दृश्य 
 
ढिलो गरी आइपुगेका नगर प्रवक्ता नगेन्द्र भण्डारीले आज दिनभरीमा सत्यतथ्य सार्वजनिक गर्ने प्रण गरे पछि स्थानीयहरु घर फर्किएका छन्।
 
No description available. 
 
चामल सड्नुमा नगरपालिकाको गल्ति भएको स्वीकार गर्दै उनले संकलन गर्दै गुणस्तरहीन चामल आएको हुनाले उक्त चामल सडेको दावी गरे ।
No description available.
चामल गाडिएको स्थान  
ओसिलो र जिर्ण गोदाममा चामल राख्नु आफुहरुको भुल भएको उनले बताएका छन्। जिन्सी शाखाका कर्मचारी अर्जुन दाहालको कारण बाट चामल सडेको बताउदै आइएको भएता पनि   नगर प्रवक्ता भण्डारीले भनें सबै कुरा अहिले खुलाउन नसकिने बताएका थिए।  

 

No description available.

'बिगतका  दिनमा अनियमिता गर्ने कर्मचारीलाइ कारवाही गरेका नजिरहरु हामी संग छन्, अनियमिता गर्ने  कर्मचारीले छुट पाउदैन।', प्रवक्ता भण्डारीले भने।  

'आज बेलुका ४ बजे सम्ममा हामी सबै कुरा खुलाएर विज्ञप्ती जारी गर्नेछौं।', उनले भने 

गोदाममा राखिएको बेला समेत पटक पटक हेर्न प्रयास गर्दा पनि स्थानियलाइ बन्चित गराइदै आएको थियो।  
No description available.आक्रोशित महिलाहरु 
 
गाडिएको अवस्थामा रहेको चामल हेर्न समेत वन्चित गराइएको भन्दै स्थानीयले गम्भीर आक्रोश व्यक्त गरेका छन्।  
कुनैपनि हालतमा चामल हेरेरै छाड्ने बताउछन् परिवर्तनका लागि युवा अभियानका अभियन्ताहरु। 

 

No description available.

 
 'के कति मात्रामा चामल कुहिएको र  नगरपालिका भित्रै खाल्डो खनेर किन गाडियो भन्ने विषयमा आधिकारिक जवाफ आउन्जेल सम्म मात्र हामी चुप बस्ने हो , त्यसपछी खाल्डो खनेर हेर्ने पर्छ। ' अभियानका सचिब असोक कार्कीले बताए।  

 

No description available.

 
चामल गाडेको विषय गम्भीर रहेको बताउछन् राप्रपा नेता खेम तिम्सिना।  'विषय अत्यन्तै गम्भीर छ, जनप्रतिनिधिको लापरबाहीको  बोझ नगरबासीले बोक्न सक्दैनन्, कुनै पनि हालतमा सत्य तथ्य बाहिर आउनु पर्छ। ', तिम्सिनाले भने। 
खान मिल्ने खालको चामल किन गाडियो भन्दै स्थानीय महिलाले आक्रोश व्यक्त गरेका छन्।

 

No description available.

छरिएको चामल  हात हातमा लिएर आक्रोश व्यक्त गर्दै उनीहरु भन्दै थिए , 'बजारमा यत्तिको चामललाइ ६० रुपियाँ किलो सम्म पर्छ, गरिव मजदुरको लागि भनेर किनेको चामल कुहाउने नगरपालिकाबाट  गरिब निमुखाले के आश गर्ने?'

 

No description available.खाल्डो उदिन्न प्रयोग गर्न खोजेको जे सी बी रोक्दै इलाका प्रहरी गौरादहका सुरक्षाकर्मी
नगर प्रवक्ताले दिएको समय सिमा सम्म आफुहरु चुप बस्ने र यदी सुनुवाई नभएमा आन्दोलन नै घोषणा गर्न बाध्य हुने सरोकारवालाले बताएका छन्।  
 
 
Views: