d

गौरादह नगरपालिकाको चामल खाडलमा, नेता संग्रौलाको चुलो बाल्ने अभियान घर घरमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
विकास नेपाल 
झापा: गौरादह नगरपालिकाले विपन्न परिवारको नाममा खरिद गरेर गोदाम मै खाद्यान्न सडाउदै गर्दा र अपराध ढाकछोप गर्न खाडल खनेर चामल पुर्दै गर्दा राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलालाई भने खाद्यान्न वितरण गर्न भ्याइनभ्याई छ । काठमाडौमा मात्र १३ सय परिवारलाई यसै हप्ता खाद्यान्न वितरण गर्नुभएका नेता संग्रौला १/२ दिन भित्रैमा झापा क्षेत्र नं. ५ का अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने बृहत योजनामा जुट्नुभएको छ ।
राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पर्दाफास मिडिया नेटवर्कका प्रमुख सल्लाहकार समेत रहनु भएका संग्रौलाले झापा क्षेत्र न. ५ का अति विपन्न परिवारलाई खाद्यान्न  वितरण गर्ने बताउनु भएको छ।
 कोरोना महामारीमा लामो निषेधाज्ञा हुँदा  मजदुरी गरिखाने परिवारको जीवन अत्यन्तै कष्टकर भएकोले आफ्नै लगानीमा खाद्यान्न वितरण गर्न लागेको नेता संग्रौलाले बताउनुभएको हो । 
 नेता संग्रौलाले पर्दाफास कार्यालयमा टेलिफोन गर्दै भन्नु भयो, 'काठमान्डौको पहिलो चरणको खाद्यान्न वितरण अभियान अन्तिम चरणमा पुगेको छ।  अव आफ्नै गाउँ घरका पिडित मजदुर दाजु भाइ दिदि बहिनीलाइ खाद्यान्न वितरण गर्ने योजना छ।'
पछिल्लो समयमा सस्तो लोकप्रियताको लागी खाद्यान्न सामाग्री  प्राप्त गर्ने परिवारको नाम र तस्बिर सामाजिक संजालमा राख्ने होडबाजी नै चलेको बताउंदै वहाँले कसैको मजबुरीको फाइदा उठाएर सामाजिक संजालमा प्रचारबाजी गर्नु अमानविय कार्य भएकोले वितरण गरिएका परिवारको नाम समेत गोप्य राख्ने गरेको बताउनु भयो।  
'यदी तपाइँलाई चुलो बाल्न समस्या छ भने हामीलाई सम्पर्क गर्नुहोस्, तपाईंको नाम गोप्य रहने छ। ' संग्रौलाले भन्नु भयो। 
अति  मजदुर परिवारलाई खाद्यान्न वितरण गर्ने योजना रहेकोले पिडित परिवारको लिस्ट तैयार पार्नको लागि स्थानीय सामाजिक अभियन्ता र संघ संस्था संग समन्वय  गरेर खाद्यान्न वितरण गरिने वहाँले बताउनु भयो।  
'यदी तपाईंको छिमेकमा मजदुर परिवारको घरमा चुलो बलेको छैन भने हामीलाई कल गर्नुहोस,हामी खाद्यान्न पोको बोकेर आउनेछौं।'
बास्तविक पिडितको घरमा राहत पुग्नुपर्ने बन्दै वहाँले आफ्नै हात बाट प्रत्येक पिडित परिवारको घर घरमा पुगेर खाद्यान्न सामाग्री हस्तान्तरण  गरिने बताउनु भएको छ।  
संग्रौलाले गत साता मात्र काठमान्डौमा करिव १३ सय परिवारलाइ खाद्यान्न वितरण गर्नु भएको छ।  वहाँले वितरण गरेको खाद्यान्न सामाग्री बाट जिल्ला बाहिर बाट काठमान्डौ आइ डेरा बसी अध्ययन गर्ने बिद्यार्थी र मजदुरीगर्नेहरु लाभान्वित भएको बताइएको छ।  
गरिव र निमुखाको नाममा संकलन र खरिद गरिएको खाद्यान्न गोदाममै कुहाएर खाडलमा गाड्ने गौरादह नगरपालिकालाई नेता संग्रौलाको चुलो बाल्ने अभियानले बलियो झापड मिलेको स्थानीयको विश्लेषण छ।  
 
Views: