d

राप्रपा गौरादह द्वारा चामल काण्डको भर्त्सना, स्वतन्त्र छानविन समिति गठन गर्न माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापाः गौरादह नगरपालिकाले गोदाम मै सडाएर खाडलमा हालेको खाद्यान्नको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर समितिले प्रेस विज्ञप्ती जारी गरी भत्र्सना गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा चामल सडाउने दोषी माथी कडा कारवाही गर्न र राहतको चामल सडाइएको वारेमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गरेको छ। 
बिज्ञप्तिमा गौरादहका जनप्रतिनिधिको कारण प्रजातान्त्रिक मूल्य र मान्यता माथि नै नैराश्यता बढाएको भनिएको छ।  मजदुरले खान नपाएको बेला चामल सडाउनु निन्दिनिय कदम भनिएको छ।
संचारकर्मीको प्रसंसा गर्दै भनिएको छ, 'पत्रकार साथीहरुको खबरदारीले आज ठुलो अनियमिता पर्दाफास भएको छ। '

विज्ञप्तीको पूर्ण पाठः

हामी कोरोना महामारीको उच्च विन्दुमा छौँ । भयावह महामारी पैmलिरहेको समयमा अतिविपन्न, सिमान्तकृत तथा गरिविको रेखामुनी रहेका नगरवासीहरुलाई हातमुख जोड्न धौधौ परिरहेको छ । घरमा खाने अन्नपानी नहुँदा र दैनिक मजदुरी गर्ने स्थान पुर्णरुपमा ठप्प हुँदा नागरिकको अवस्था अत्यन्तै दुःखद र कष्टकर बन्दै गएको सर्वविधितै छ । 
यस चुनौतीपूर्ण र अकल्पनिय समयमा हामी सम्पूर्ण नेपाली गुज्रदैगर्दा गौरादह नगरपालिका भने चामल काण्डले भाइरल बनिरहेको छ। राहतको लागि गतसाल दाताहरुबाट संग्रह गरेको दाल चामल भुजा लगायतको खाद्यान्न सामाग्री गोदाम मै कुहिएको र अनियमितता लुकाउन रातारात खाडल खनेर गाडिएको घटना पर्दाफास भएको छ  र यस घटनाले जनप्रतिनिधी माथि अविश्वास मात्र होइन सिंगो र व्यवस्था र प्रजातान्त्रिक मुल्य र मान्यता माथि नै  गम्भिर प्रश्न चिन्ह पैदा भएको छ । 
गौरादह नगरपालीकाले राहत वितरण गर्न दाताहरुवाट संकलित खाद्यान्न सामाग्री भण्डारण गरिएको ठाउँमा कुहिएको र रातारात नष्ट गरिएको घटना प्रति राप्रपा गौरादह नगरसमितिको गम्भिर ध्यानाकर्षण भएको छ। गरिव निमुखा जनताको पेट काटेर राखेको खाद्यान्न सामाग्री कुहाउनु भनेको गम्भिर  र क्षमा दिनै नसकिने अपराध हो । यसको जती निन्दा र भत्र्सना गरेपनि कमै हुन्छ । यो कसरी के कारणले भएको हो? एक अर्कालाई दोषारोपण गर्नु भन्दा यथार्थ कुरा सार्वजनिक गर्न र प्रत्यक्ष दोषी देखिएकालाई  तत्काल कार्वाही गर्न नगरपालिका संग जोडदार माग गर्दै खाद्यान्नमा भएको अनियमितताको वारेमा यथासिघ्र निस्पक्ष र प्रभावकारी स्वतन्त्र छानविन समिति गठन गर्न समेत राप्रपा गौरादह नगरसमिति जोडदार माग गर्दछ । 
साथै यस घटनालाई वाहिर ल्याउनको लागि अहम भुमिका खेल्ने पर्दाफास डटकम, ओमकार टाइम्स, पुर्वान्चल दैनिक, हाम्रा कुरा डटकम, नयाँ पत्रिका दैनिक, कोचिला न्युज, गौरिगन्ज दर्पण, एफ एम प्लस, पुर्व सन्देश दैनिक, खवर टाइम्स, प्रतिदिन दैनिक, सजलसन्देस डटकम, अनलाईन विचार, लगायतका स्थानिय र राष्ट्रिय सञ्चार माध्यमहरुलाई हार्दिक धन्यवाद दिदै विभिन्न युट्युव च्यानल, सामाजिक सञ्जाल, सामाजिक अभियन्ता, परिर्वतनका लागि युवा अभियानका अभियन्ताहरु, हाम्रो पार्टीका स्थानिय नेता कार्यकर्ता सहित खवरदारीमा लाग्ने सम्पुर्ण गौरादहवासी दाजुभाई दिदिवहिनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर समिति हार्दिक आभार व्यक्त गर्दछ। विकृती र विसंगतीको विरुद्ध सधैँ डटेर समाना गर्न र भ्रष्टचार तथा अनियमितताको यसरी नै पर्दाफास गर्न सफलता मिल्दै जाओस्  भन्ने शुभेच्छा प्रकट गर्न चाहान्छु । 
अन्त्यमा, कोभिड १९ (कोरोना भाईरस) देशमा ठुलो मानविय क्षती भइरहेको छरछिमेक र चिनजानका धेरै मान्छेहरुको दिनहु जसो मृत्युवरण गरिरहेको तथा अस्पतालमा वेड र अक्सिजनको अभाव भएको समाचारले हामी सवैलाई विक्षिप्त वनाएको छ । यस महामारीमा ज्यान गुमाउनुभएका सम्पुर्ण महानुभावहरुमा राप्रपा गौरादह नगर समिति र मेरो व्यक्तिगत तर्पmबाट हार्दिक हार्दिक समवेदना व्यक्त गर्दछु । कोरोनाका कारण हाम्रो गौरादह नगरपालिकामा पनि निषेधाज्ञा छ । यस विषम परिस्थितीमा एक जुट भएर सामना गर्नको लागि सम्पूर्ण दाजुभाई तथा दिदिवहिनीहरु संग राप्रपा नगर समिति हार्दिक अपिल गर्दछ ।
जय राष्ट्रवाद

Open Photo

Views: