d

परिवर्तनका लागि युवा अभियानको प्रश्न, 'नगरपालिका भित्र के गाडियो ?' 'किन ढाकछोप गरियो?'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
परिवर्तनका लागि युवा अभियान गौरादह नगर परिसरमा शंकास्पद वस्तु गाडिएको हुनसक्ने बताएको छ।  संस्था द्वारा आज जारि गरिएको  विज्ञप्तिमा नगरपालिका भित्र विसाल खाडल खनेर के गाडियो भन्ने तथ्यलाइ  नगरपालिकाले ढाकछोप गरिएको आरोप लगाएको छ।  संस्थाका सचिब अशोक कार्की द्वारा जारी विज्ञप्तिमा तत्काल खाडी खोतलेर हर्न पाउनुपर्ने माग गरिएको छ ।
  कुहिएको चामल गाडिएको भन्ने नगरपालिकाको मौखिक भनाइ विश्वास गर्न नसकिएको भन्दै उक्त खबर थाहा पाएर आफुहरु नगरपालिका पुग्दा ठुलो संख्यामा प्रहरी र सशस्त्र परिचालान गरिएकोले थप आशंका पैदा गरेको उल्लेख गरिएको छ।   नगरपालिका द्वारा चामल कुहिएर गाडेको हो भने के कति खाद्यान्न सडेको हो तत्काल सत्यतथ्य सार्वजनिक गरेर क्षतिपूर्ति भराउन माग गरिएको छ।  
के गाडियो भन्ने कुरा पत्रकार र स्थानीयबासीलाइ तत्काल खनेर देखाउन भनिएको छ।  
विज्ञप्तिको पुर्ण पाठ: 

No description available.

Views: