d

खाद्यान्नका बोरा जतासुकै भेटिन थाले, गौरादह चामल काण्ड थप रहस्यपूर्ण बन्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह रेडक्रस भवन भित्र बेवारिसे अवस्थामा दालको बोरा भेटिएको छ । नगरपालिकाले करिब ३ हजार किलो चामल लुकाइछिपाइ गाडेको आरोप खेपिरहेका बेला   रेडक्रस भवन भित्र एक बोरा खोलिएको अवस्थामा   फेला परेको हो । 
सञ्चारकर्मीको टोलीले फेला पारेर तस्बिर कैद गरिएको उक्त दालको बारेमा जनप्रतिनिधि कोमल ढुंगाना पर्दाफास प्रतिनिधि संग यसो भन्छन्, 'गतसाल राहत बितरण गर्दा रेडक्रस केन्द्रको जिम्मेवारी मैले नै लिएको भएता पनि टोलबिकास संस्थाले नै सबै काम गरेको हो । रेडक्रसमा अलपत्र खाद्यान्न  छ भन्ने कुरा तपाईंले भनेपछि मात्र मैले थाहा पाँए, तत्काल त्यसको व्यवस्थापन गर्छु ।'
अखाद्य पदार्थ डिस्पोज गरियो भन्ने गौरादह नगरपालिकाको  खाद्यान्न अलपत्र  किन ? 

 

No description available.रेडक्रसको बोरा खोलेर हेर्दा देखिएको दालको गुणस्तर 

 

रेडक्रस कार्यालय भित्र दाल कसरी आयो भन्ने जिज्ञासा राख्दा गौरादह रेडक्रसका अध्यक्ष केदार ताजपुरिया भन्छन्, 'राहत वितरणको लागि टोलबिकास संस्थाले रेडक्रस भवनलाई पनि प्रयोग गरेको थियो । एक वर्ष देखि दाल अलपत्र भएको मैले पनि देखिराख्या छु, दाल लैजानुस् भनेर कार्यालयले जानकारी गराएकै हो, जानकारी गराउदा पनि लिन आउनुभएको छैन।'

No description available.

रेडक्रस भवन गौरादहमा भेटिएको अलपत्र अवस्थाको दालको बोरा 
रेडक्रस भवनमा बेवारिसे दाल भेटिदै गर्दा ४ नं. वडा कार्यालयमा समेत १ बोरा दाल एकवर्ष देखि राखिएको पाइएको छ ।
उक्त दालको विषयमा सामाजिक संजालमा समेत चर्को बहस भइरहदा नगरपालिकाले भने खासै चासो राखेको पाइदैन ।
दाल किन अलपत्र भन्ने जिज्ञासामा वडा अध्यक्ष मडिन्द्र कार्कीले एक बोरा दाल वडाकार्यालयमा रहेको सत्य  भएको बताउछन् ।

 

No description available.वडा न ४ मा अलपत्र अवस्थामा रहेको दाल

 

'बाढ्दाबाढ्दै १ बोरा उब्रेको थियो, दाल मात्र बाढ्न नमिल्ने भएपछि त्यतिकै थन्किएको हो ।', अध्यक्ष कार्कीले भने ।
३ हजार किलो चामल गाडिएको भनिएता पनि दाल र भुजाको बारेमा कुनै तथ्य खुलाइएको पाइदैन। 
राहतको हिसाब किताब चुस्तदुरुस्त छ भन्ने मौखिक दाबी गर्ने नगरपालिकाले अहिलेसम्म राहतको हिसाब सार्वजनिक गरेको छैन ।
No description available.नगरपालिका बाहिर सडकमा भेटिएको चामलको बोरा 
 जतासुकै अलपत्र अवस्थामा भेटिने खाद्यान्न सामाग्रीको लगत कसरी राखिएको छ भन्ने विषयले समेत नगरपालिका भित्र अनियमिताको चाङ रहेको पुष्टि हुन्छ ।
Views: