d

संसद विघटनविरुद्धका १९ रिट प्रधानन्यायाधीशको इजलासमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुँदैछ । प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइका लागि आफ्नै एकल इजलासमा पेशी तोकेका हुन् ।
सर्वोच्च अदालतका अनुसार सामान्य इजलासमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने भोलि शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै जेठ ७ गते प्रतिनिधि सभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।
संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । द नेपाल टप। 
Views: