d

चिकित्सक कुटपिट घटनाको छानबिन गर्न समिति गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१४ जेठ, काठमाडौं । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश पाइएको सहायक प्रजिअ विष्टले जानकारी दिए ।
अनलाइन खबर। 
Views: