d

बाँकेका स्वास्थ्यकर्मी आन्दोलित , आक्रमणकारीलाइ कारवाही गर्न माग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नेपालगन्ज : ड्यूटीमा रहेकै बेला स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको बिरोधमा  बाँकेका स्वास्थ्यकर्मीले  शुक्रबार बिहानैदेखि आन्दोलित शुरु गरेका छन्। 
भेरी अस्पताल परिसरमा भेला भएका  स्वास्थ्यकर्मीले आक्रमणकारी माथि  कारवाहीको माग गर्दै आन्दोलनमा सहभागी भएका हुन्।  उनीहरुले दिनभर प्रहरी, प्रशासनविरुद्ध नारा लगाएका थिए । 
भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि ड्यूटीमै रहेको बेलामा बिहीबार राति आक्रमण भएको बिरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्।  
अस्पतालको आइसीयूमा उपचाररत दाङका डिल्लीबहादुर रावतको मृत्यु भएपछि बिरामीका कुरुवासहितका व्यक्तिले स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै नर्समाथि सांघातिक आक्रमण गरेको आन्दोलित स्वास्थ्यकर्मीहरुले बताएका छन्। 
आक्रमणबाट जोगिन एकजना डाक्टर र ४ जना नर्स शौचालयमा लुकेको बताइएको छ । आक्रमणकारीले शौचालयको ढोका फुटाएर कुट्न थालेपछि डाक्टर र नर्सको टोली दुई तले घरको शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको स्थानिय संचारमाध्यमले जनाएका छन्।  
नेपाल चिकित्सक संघलगायतका स्वास्थ्यकर्मीका १५ वटा संघसंस्थाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारबाही, स्वास्थ्यकर्मीको उचित सुरक्षा व्यवस्था गर्न माग गर्दै जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आन्दोलनको घोषणा गरेको जनाएका छन्।  
 
image: himalayatv.com
Views: