d

गौरादह चामल काण्ड: ७ सय किलो चामल मिल मै भएको खुलासा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पंकजा भण्डारी
झापा/ पर्दाफास - जेठ १५ । गौरादह नगरपालिकाको बहुचर्चित चामल काण्डमा करिब ७ सय किलो चामल मिल मै रहेको खुलासा भएको छ ।  २ हजार किलो मौज्दात रहेको बताइरहदा ६ सय देखि ७ सय किलो चामल मिल बाट ल्याउनै बाकी रहेकोे वडा नं. ५ का वार्ड अध्यक्ष छत्रपती सुवेदीले बताएका छन् ।
'हामी संग फुड बैंकमा रहेको ब्यालेन्स चामल सुरक्षीत नै छ , जतासुकै राख्दा पुरानो भएर बिग्रन सक्ने भएकोले बेलैमा मिल संग सहकार्य गरेर राखिएको हो, आवस्यक पर्ने बित्तिकै तत्काल ल्याएर वितरण गर्न सकिन्छ ।' , पर्दाफास प्रतिनिधि संग कुरा गर्दै अध्यक्ष सुवेदीले बताए ।
उता प्रमुख प्रशासकिय अधिकृतले भनेजस्तो वडा नं. ३ मा भने चामल स्टकमा नरहेको वडा अध्यक्ष गजेन्द्र घिमिरेले बताएका छन् ।
'म संग फुड बैंकको  २ बोरा चामल वडा मै छ, अन्य चामल वडामा छैन, कहाँ छ मलाइ थाहा छैन', अध्यक्ष घिमिरेको भनाइ छ ।
प्रमुख प्रशासकिय अधिकृतले २ हजार किलो मौज्दात चामल मध्ये केही चामल वडा नं. ३ मा पनि रहेको संचारमाध्यमलाइ बताएका थिए ।
नगरपालिकाले मक्काएको र जिर्ण भइसकेको गोदाममा चामल राखेर ३१ सय किलो चामल सडाएको र अरु चामल मौज्दात नै रहेको नगरपालिका बोर्डको निर्णयमा देखिन्छ भने सत्यतथ्य तत्काल सार्वजनिक गर्ने भनिएता पनि अझै सम्म सार्वाजनिक गरिएको छैन ।
 प्रमाण नष्ट गर्नको लागि चामल गाड्ने निर्णय भएको निर्णय पुस्तिकामा उल्लेख गरेको देखिन्छ ।

 

यस्तो छ नगरपालिका बोर्डको निर्णय 

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

 

 

Views: