d

थाई राजपरिवारले पठाएको स्वास्थ्य सामाग्री काठमान्डौ आइपुग्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ ।  नेपाललाई सहयोगको रुपमा थाइल्यान्डको राजपरिवारले पठाएको  स्वास्थ्य सामग्री आइतबार नेपाल आइपुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न थाइल्याण्ड राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको जहाजमार्फत काठमाडौं आइपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सामग्रीहरु थाइ राजदूत भोषिता भोरासाफले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्। 
थाई राजपरिवार बाट प्राप्त  स्वास्थ्य सामग्रीहरुमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान, पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिकल क्याप १० हजार थान, फेसशिल्ड पाँच हजार, र्यापिंग  एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान लगायत छन् ।
Views: