d

पत्रकार तथा सञ्चारकर्मीका विपत्तिमा सारथी बन्दै पत्रकार महासंघ सोलु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : नेपाल पत्रकार महासंघ सोलुखुम्बुले पत्रकार तथा सञ्चारकर्मीमाथि आइपर्ने विपत्तिमा सारथी बन्ने उद्देश्यले ‘पत्रकार आपत्कालिन राहत कोष’ स्थापना गर्ने भएको छ । महासंघको जिल्ला अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको भर्चुअल (जुम) बैठले पत्रकार तथा सञ्चारकर्मीमाथि आइपर्न सक्ने समस्यालाई ध्यानमा ध्यानमा राख्दै कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बैठमा अध्यक्ष क्षेठले पेश गरेका ‘पत्रकार आपत्कालिन राहत कोष कार्यविधि २०७८’ लाई अनुमोदन गर्दै सोही कार्यविधि अनुसार कोष सञ्चालन प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको सचिव डि.बी. खालिङले जानकारी दिए ।
हाललाई १० लाख रुपैयाँ बराबरको राहत कोष स्थापन गरी तत्कालै एक लाख ११ हजार १११ रुपैयाँ जिल्ला कार्यसमितिको बैंक खाताबाट कोषमा जम्मा गरिने अध्यक्ष श्रेष्ठले बताए । सो कोषले पत्रकार तथा सञ्चारकर्मीमाथि आगामी दिनमा आइपर्न सक्ने दुर्घटनालाई केही हदसम्म सम्बोधन गर्ने तथा वर्तमान परिस्थितिमा विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को समेत प्रवाह नगरी अग्रपङ्तिमा अहोरात्र खटिरहेका सञ्चारकर्मी तथा पत्रकारहरुको मनोवल उच्च हुनेमा महासंघ विश्वस्त छ ।
बैठले महासंघको सोलुखुम्बु शाखा भौतिक रुपमा पनि सवल हुनुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै आफ्नै भवन निर्माणका लागि प्रक्रिया अघि बढाउन ७ सदस्यीय समिति गठन गरेको छ । बैठकले पत्रकार महासंघ सोलुखुम्बुका पत्रकार तथा सञ्चारकर्मीहरुको सम्पूर्ण जानकारी उल्लेख भएको विवरण अध्यावधिक गर्न सचिव खालिङलाई जिम्मेवारी पनि दिएको छ । नेपाल टप। 
Views: