d

विप्लबको नेतृत्वमा १४ दलको संयुक्त मोर्चा गठन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ ।
 वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने ठहर गर्दै जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो ।
मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ ।
 यस्तै मोर्चाले ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् ।
 सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं । मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ ।
Views: