d

कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१७ जेठ, काठमाडौं । कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। 
सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटको लागि आयोजित  दोस्रो चरणको छनोटको बाँकी खेलमा भाग लिन गएको नेपाली टोलीको कुवेतमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।  
नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि गएराति कुवेत पुगेको थियो । त्यसपछि टोलीका सबै सदस्यले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । नेपाली टोलीमा रहेका सबै सदस्को रिपोर्ट नेगेटिभ आएको कुवेतबाट जानकारी प्राप्त भएको छ ।
शनिबार बासरामा भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ ले पराजित भएको थियो ।
छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले बाँकी ३ खेल कुवेतमा खेल्नेछ ।
नेपालले जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।नेपालको सबै खेल नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुनेछ ।
तीनवटै टिम फिफा वरीयतामा नेपाल भन्दा माथि छ । अष्ट्रेलिया फिफा वरीयतामा ४१औं स्थानमा छ भने जोर्डन ९५औं र चाइनिज ताइपेई १४१औं स्थानमा छ । नेपाल १७१औं स्थानमा छ ।

 

Image: goalnepal.com
Views: