d

इजलास नछाड्ने न्यायाधीशद्वयको अडान, डाकियो सबै न्यायाधीसको पूर्ण बैठक

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : संवैधानिक इजलासमा सहभागी न्यायाधीशद्वय न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने अडान राखेका छन् । दुवै जनाको सो अडानपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वाेच्चका अदालतका सबै न्यायाधीश सम्मिलित बैठक बोलाएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइका क्रममा यही शुक्रबार र आइतबार बहस गर्ने कानुन व्यवसायीहरुले दुवै न्यायाधीशले सुनुवाइ गर्न नमिल्ने भन्दै इजलासमा बस्न नमिल्ने सुझाव दिएका थिए । नेकपाको विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र त्यसविरुद्ध परेको पुनरावलोकनको निवेदन अस्वीकार गर्ने न्यायाधीश केसीले संवैधानिक इजलासमा बस्न नमिल्ने सुझाव दिइएको थियो । रिट निवेदकका कानुन व्यवसायीले सो सुझावसहित माग गरिरहँदा प्रधानन्यायाधीश जबरासँगसमेत घोचपेच भएको थियो भने महान्यायाधिवक्ता रमेश बडालसँग विवाद भएको थियो ।
मंगलबार पुनः सुनुवाइ हुने गरी तोकिएको पेशीअघि नै सोमबार प्रधानन्यायाधीश राणाले श्रेष्ठ र केसीलाई इजलास छाडनेबारे पुनर्विचार गर्न आग्रह गरेका थिए । तर उनीहरु दुवै जनाले संवैधानिक इजलास नछाड्ने अडान दोहोराएका छन् । उता रिट निवेदकहरु भने दुवै न्यायाधीश इजलासमा यथावत रहे बहस नै बहिष्कार गर्ने तयारी गरेका छन् । यसअघि पनि प्रतिनिधि सभा विघटनको मुद्दामा कानुन व्यवसायीले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छाडेका थिए । त्यही नजीरलाई मानेर दुवै जनाले इजलास छाडनुपर्ने कानुनविदहरुको सुझाव छ ।
सर्वाेच्चमा औपचारिक छलफल हुनुअघि भएको अनौपचारिक छलफलमा पनि कतिपय न्यायाधीशले दुवै न्यायाधीशप्रति प्रश्न उठेपछि इजलासमा बस्न नमिल्ने सुझाव दिएका दिए । दुवै जना अडानका कायमै रहेपछि प्रधानन्यायाधीश राणाले सबै न्यायाधीशसम्मिलि पूर्ण बैठकनै बोलाएका सर्वाेच्च अदालत स्रोतले जनाएको छ । द नेपालटप। 
Views: