d

बेइजिङबाट ८ लाख भेरोसेल खोप  लिएर वाइडबडी काठमाडौं फर्किदै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं :  चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप मंगलबार काठमान्डौ आइपुग्दै छ।   नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी वाइडबडी खोप लिन सोमबार राति बेइजिङका लागि उडेको हो । चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको  १० लाखमध्ये ८ लाख  भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। 
उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।
जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले  चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो। अन्नपुर्ण ।
 
Image: Spotlight Nepal
 
Views: