d

ओलीको आक्रोश: 'कालो कोटधारी अराजकहरूले नै न्यायाधीशको फैसला लेख्‍ने प्रयास गर्दैछन्' 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीले  वकिलहरूको पछिल्लो गतिबिधिले न्यायिक क्षेत्रलाई प्रभावित गर्न खोजिएको भन्दै  आक्रोश व्यक्त गरेका छन्। ओलीले कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले न्यायाधीश छान्‍न खोजेको र आफै फैसाला लेख्‍न चाहेको भन्दै उनीहरूको  कडा आलोचना गरेका हुन्। 
 संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएपछि प्रधानमन्त्रीले उक्त  विषयमा प्रतिक्रिया दिएका हुन्।   ओलीले भने, यो कस्तो सिस्टम खोजेको हो ? के अब वकिलले न्यायाधीश तय गर्ने ? के वकिलले लेखेर ल्याएको फैसला नै न्यायाधीशले पढ्नुपर्छ भन्‍न खोजेको उहाँहरूले ? वकिलहरुले न्यायलयको गरिमा माथि नै प्रहर गरेको आरोपित गरेका छन्।  
एमाले सम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा  प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश खोजेको आरोप लगाए । 
 
Views: