d

तत्काल राहत वितरण गर्ने योजना छैन - मेयर साह 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह नगरपालिकाले तत्काल राहत वितरण नगर्ने जनाएको छ।  कोरोना संक्रमणको दोर्श्रो लहरका कारण लामो निषेधाज्ञा रहेको भएता पनि   तत्काल राहत वितरण गर्ने कुनै योजना नरहेको बताइएको हो । 
पर्दाफास प्रतिनिधि संग कार्यकक्ष मै भएको भेटमा मेयर रोहित कुमार साहले तत्काल राहत वितरण नगर्ने बताए।   निषेधाज्ञा भएता पनि तत्काल राहत वितरण गर्ने पर्छ भन्ने नदेखिएकोले अहिले सम्म रातको बारेमा बैठक नै नबसेको उनको भनाइ छ । 
'हामीले अहिले राहत वितरण बारे सोचेका छैनौं, अझै केहि समय हेर्नुपर्छ होला। ' , साहले भने। 
नगरपालिकाले राहत वितरण गर्ने बारे कुनै सोच नराखेको बताइरहदा दाताहरु भनें राहतको प्याकेज बोकेर गाउँ गाउँमा पुग्ने क्रम शुरु भएको छ।  
लामो बन्द हुँदा समेत जनप्रतिनिधिले गाउँ छिरेर समस्या बुझ्न नचाहेको र आफुहरुले पाउनुपर्ने चामल खाडलमा हालिएको भन्दै स्थानिय  मजदुरहरुले  भने तिब्र आक्रोश व्यक्त गर्न थालेका छन्। 
Views: