d

गजल: औषधि पाउने बजार देख्न पाइन, सरकार देख्न पाईन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कोरोनाले लग्यो बा आमा तर मुहार देख्न पाईन
माटोमा गाडे या थियो चिताको भार देख्न पाईन

 

कस्तो भयो के भयो ? कसरी प्राण गयो आमा 
हजुरहरु मरेको टिभिमा समाचार देख्न पाइन  

 

पापी रहेछौ दैब तिमी धेरैलाई नै अनाथ बनायौं 
रुदैं भन्छन तिम्ले गर्दा सुन्दर संसार देख्न पाईन 

 

अझै तिमी कति मार्छौ ?  कतिको आँसु बगाउँछौ
आफन्त सबै मर्दा पनि किन  सरकार देख्न पाईन 

 

हल्ला सुन्छु औषधि आयो कोरोनाले केही हुन्न रे ? 
कस्तो छ खै त्यो औषधि पाउने बजार देख्न पाइन

 

अनुराग दिपक क्षेत्री 
शिवासताक्षी ९ झापा
 
Views: