d

एउटा सितल दिने पिपल ढल्यो !

Views:
Responsive Image Gallery
Responsive Image Gallery
आहा टासे जस्तो दारी दन्तलहर चन्द्र मुखी मुहार
सगरमाथाको टुप्पोमा हिउँ जस्तो 
त्यो टाउकोमा कालो भादगाउँले टोपी,
त्यस टोपी माथी नेपालको सान राष्ट्रिय  झण्डा ,
न गाडी न घोडा सुरु सुरु हिड्ने 
बुद्दी बिबेकका खानी 
सबैका प्यारा साचिकै उज्जल 
हरेक सपनाहरुलाई थाती राख्दै 
त्यो निर्जिब बेडमा पल्टेर सबैको संकल्प सहित 
दिग्विजय प्राप्त गर्छौ भन्ने आशाको भरोसा 
आम नेपालीको पूर्णविश्वासका माझ 
उज्जल आज तिमी अस्तायौ 
म झापाली युवा मात्र होइन देश बिदेशमा रहेका करोडौं युवायुवती निशब्द  बनायौ!
यो कोरोना कस्तो  निर्दयी, पापी रैछ 
ए भगवन तिमीले सारा युवा जमातको 
पुकारा किन  सुनेनौं?
सबैको माझबाट आज बजरंग ढल्यो  एउटा  पिपल 
उज्जल अधुरै भयो आज तिम्रो देश बनाउने सपना 
अधुरो रहयो सारा युवायुवती को पुकार ए भगवान  पुकार 
 उहीँ तिम्रो शुभ चिन्तक झापाली ठिटो सन्तोष निरौला
Views: