d

दुई न्यायधिस बाहिरिए पछि संवैधानिक इजलास भंग

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : न्यायाधीशबीचमै ‘राय’ बाझिएपछी सर्वोच्च अदालतको संवैधानिक इजलास भंग गरिएको  छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ गर्न केही दिनअघि इजलास गठन गरेका थिए। रिटको सुनुवाइ चल्दै गर्दा  कानुन व्यवसायीले संवैधानिक इजलासमा दुई न्यायाधीशको सहभागिताप्रति चर्को असन्तुष्टि जनाउदै बिरोध गरेका थिए। 
 कानुन व्यवसायीले चित्त नबुझाएका दुई न्यायाधीशले इजलास नछाड्ने बताएपछि  अर्का दुई न्यायाधीशले फरक मत राख्दै इजलासमा नबस्ने घोषणा गरे। 
रिट निवेदक पक्षका कानुन व्यवसायीले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संलग्नतालाई लिएर शुक्रबार र आइतबार प्रश्न गरेका थिए। त्यसपछि प्रधानन्यायाधीश राणा र कानुन व्यवसायीबीच सवाल–जवाफ चलेको थियो। अघिल्लो पटक भएको प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा पनि न्यायाधीश केसी रहेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका थिए। 
न्यायाधीश श्रेष्ठ सम्मिलित इजलासले फागुन २३ मा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याउँदै नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने निर्णय दिएको थियो। त्यसैले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा श्रेष्ठबाट निष्पक्ष सुनुवाइ हुनेमा कानुन व्यवसायीले आशंका गरेका हुन्।
प्रतिनिधि सभा भंग गर्ने राष्ट्रपतिको कदम विरुद्द दर्ता भएका  ३० वटा रिटको सुनुवाइका लागि अर्को पेसी जेठ २३ गतेका लागि तोकिएको छ। 
Views: