d

वीरगन्जमा  कालो ढुसी संक्रमणको त्रास, ८ संक्रमित हुँदा ३ को मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
वीरगन्ज : ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने  संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। 
म्युकरमाइकोसिस नामक उक्त संक्रमण बाट बिरगंजमा हाल सम्म ३ जनाको मृत्यु भई सकेको छ  भने पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालले जनाएको छ।  
 वीरगन्जमा नै पहिलो पटक  देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको जनाइएको हो।  ब्ल्याक फंगसको उपचार नेपालमा सम्भव नबहेकोले बिरामीलाई भारत पठाउनु परेको चिकित्सकहरुले जनाएका छन्।  
कस्ता हुन्छन् लक्षण ?
अनुहार, मुख , आँखा वरिपरि दुख्ने , दांत दुख्ने वा हल्लिने, ज्वरो आउने, आँखा र नाक सुन्निने , रातो हुने वा दुख्ने , आँखाको ढकनी सुनिने, आँखा धमिलो देखिने, नाक बाट रगत बग्ने, बाक्लो सिगान आउने जस्ता लक्षण देखिएमा ब्ल्याक फंगास भएको मानिने चिकित्सकको सल्लाह छ।  
Views: