d

भुटानी शरणार्थीका समस्या तत्काल सम्बोधन गरिनुपर्छ- राजेन्द्र लिङ्ग्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिकास अधिकारी 

झापा: संघीय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्ग्देनले भुटानी शरणार्थीहरुको सबै प्रकारका समस्या समाधान गर्न  सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
कोभिड १९ को जोखिममा परेका भुटानी शरणार्थीहरुलाई दाताहरूबाट प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न दमक स्थित बेलडाँगी शिविरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  सांसद लिङ्ग्देनले उक्त कुरा बताएका हुन् । 
औपचारिक रूपमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा धारणा राख्दै नेता लिङ्देनले नेपाली भुमिमा लामो समयदेखि शरणार्थी जीवन बिताउन बाध्य भुटानी नागरिकहरुको समस्या सम्बोधन गर्न आफू सक्रियता साथ लागिपर्ने आश्वासन दिलाए । 
 स्वदेश फर्किने सपना बोकेर बसेका, तेस्रो देश जान चाहने तथा नेपालमै स्थायी भएर बस्न चाहने तिनै थरी शरणार्थीको माग सम्बोधन गर्नु सरकारको अपरिहार्य आवश्यकता रहेको  भन्दै सांसद लिङ्देनले भुटानी शरणार्थीको  समस्यालाई परिणाम निस्किने गरि सम्बोधन हुनुपर्ने बताए । 

कार्यक्रममा विशिस्ट अतिथिको रूपमा धारणा राख्दै सामाजिक अभियन्ता ज्वाला संग्रौलाले भुटानी शरणार्थीलाई सधैंभरी शरणार्थीकै रूपमा हेरिनु गलत भएको बताइन् । दशकौंदेखि नेपाली भुमिमा बसेका बिदेशी नागरिकको समस्या बारेमा सरकारले अनभिज्ञता प्रकट गर्नु दु:खद भएको बताइन् । 
कार्यक्रममा शिविरको तर्फबाट धारणा राख्ने वक्ताहरुले शरणार्थीले भोग्नुपरेका अनेकौं समस्या र चुनौतीहरुको बारेमा ध्यानाकर्षण  गराइदिन आग्रह गरेका थिए । 
कार्यक्रममा भूटानी हिन्दू संगठन अमेरिकाबाट प्राप्त १२ वटा अक्सिजन सिलिन्डर तथा ५० हजार नगद हस्तान्तरण गरिएको थियो । 
कार्यक्रममा   रबि लामिछाने फाउण्डेशनको तर्फबाट प्राप्त स्वास्थ्य सामाग्री, के एन ९५ मास्क, सर्जिकल मास्क, अक्सिमिटर हस्तान्तरण गरिएको थियो । 
 पुर्ब आईजिपी सर्बेन्द्र खनालको तर्फबाट प्राप्त खाद्यान्न सामाग्री समेत  हस्तान्तरण गरिएको थियो ।  
त्यसैगरी बेल्जियम निवासी सुनिता गुरुङ बाट प्राप्त १० थान पि पि ई, ३० लिटर स्यानिटाईजर , ३ हजार  पिस मास्क , एउटा थर्मल गन र एउटा अक्सिमिटर साथै लाईफ केयरका सिईओ पुरुषोत्तम अधिकारीको तर्फबाट प्राप्त २५ सय थान   मास्क हस्तान्तरण गरिएको थियो ।
Views: