d

चामल कुहाउने गौरादहका जनप्रतिनिधिलाई कुर्सी छाड्न ज्वाला संग्रौलाको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
चामल गाड्ने जनप्रतिनिधिले एक मिनेट कुर्सीमा बस्ने अधिकार छैन - ज्वाला संग्रौला 
सान नेपाल 

झापा: चर्चित सामाजिक अभियन्ता ज्वाला संग्रौलाले मजदुरको नाममा संकलन गरिएको चामल गाड्ने गौरादहका जनप्रतिनिधिलाई कुर्सी छोड्न चुनौती दिएकी छिन् । ५ हजार किलो चामल गाडेर चर्चामा आएको गौरादह नगरपालिकाका जनप्रतिनिधिको बौद्धिकता ह्रास भएको भन्दै अभियन्ता संग्रौलाले उक्त कुरा बताएकी हुन् ।
गत जेठ १० गते नगरपालिका परिसरमा खाडल खनेर चामल  गाडिए पश्चात् सत्यतथ्य बुझ्न गौरादह आएकी संग्रौलाले आज चामल गाड्नेले भोलि के सम्म गर्लान् भन्दै गौरादह नगरपालिका गलत जनप्रतिनिधिको हातमा रहेकोले सचेत रहन नगरबासीलाई आग्रह गरिन् । आफू सामाजिक अभियन्ता र भ्रष्टाचारको जरो समातेर नष्ट गर्नुपर्छ भन्ने मान्यता राख्ने महिला भएकोले भ्रष्टाचार र अनियमितताको विरुद्ध एक भएर लड्नु पर्ने समेत बताइन् ।

 

गत जेठ १० गते गौरादह नगरपालिकाले आफ्नै कार्यालय परिसरमा २ ट्रक भन्दा माथिको परिमाणमा चामल गाडिएको थियो । गाडिएको चामल संगै भ्रष्टाचार लुकाउने गरि कागजात र अन्य शंकास्पद वस्तु समेत गाडिएकोले खनेर हेर्नुपर्ने माग स्थानीयको छ ।

 

यसै सिलसिलामा आज परिवर्तनका लागि युवा अभियान नामक संगठनले चामल गाडिएको बिरोधमा नगरपालिकामा धर्ना दिदै तालाबन्दी समेत गरेको छ । तालबन्दी गर्न बिहान ११ बजे देखिनै भेला भएका अभियन्ताहरुले पटकपटक  तालाबन्दी प्रयास गरेका भएतापनी सुरक्षाकर्मीले अबरोध गरेका थिए ।  अबरोधका बाबजुद तालाबन्दी गर्न खोज्दा मुठभेट समेत हुन खोजेको बताइएको छ । करिब ४ बजेतिर एकाएक तालाबन्दी गरिएको भएतापनी तत्कालै प्रहरीले तालाबन्दी नियन्त्रणमा लिएको बताइन्छ ।

 

जनप्रतिनिधिले जवाफदेहिता गुमाएको बताउछिन् बिराट एफ एम कि सन्चालिका लिला अनमोल ।

 

'चामल कुहिएपछी नगरबासीले आशंका गर्नु स्वाभाविक भएकोले असल जनप्रतिनिधि जनता संगै बस्ने हो, भागेर समस्याको समाधान हुन सक्दैन ।' चामल काण्ड बारे सत्यतथ्य बुझ्न आएकी पत्रकार अनमोलले सार्वजनिक अपिल गर्दै भनिन्, 'गौरादहबासीहरु डटेर भ्रष्टाचारको विरुद्ध आवाज उठाउनुहोस्, मिडिया सदैब  तपाईंहरुको साथमा छ। '

 

लामो प्रतीक्षा पश्चात् धर्नास्थलमा आइपुगेका वडा अध्यक्ष नगेन्द्र भण्डारी र हेमन्त कार्कीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै भोलि पुनः धर्नामा सामेल हुने परिवर्तनका लागि युवा अभियानका उपाध्यक्ष रुपेश सिवाले पर्दाफासलाई बताए ।

 

Open Photo

 

'वहाँहरुले बिज्ञप्ती सार्वजनिक गर्यौं भन्नुहुन्छ तर त्यो विज्ञप्तीमा ५ वटा गल्ती छ, ब्याक डेटको विज्ञप्तीले पत्रपत्रिकालाई गाली गर्नु देखि बाहेक  केही उल्लेख गरेको नै छैन, त्यो बिज्ञप्ती औचित्यहिन छ ।', उपाध्यक्ष सिवाले भने ।

 

'स्वतन्त्र छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर निकाल्नुपर्छ भन्ने हाम्रो माग हो, चामल सडाउनेलाई कार्वाही नभए सम्म हामी त्यति सजिलै छोड्ने छैनौं,  ।', यो भनाइ हो परिवर्तनका लागि युवा अभियानका सचिव असोक कार्कीको ।
यो पनि पढ्नुहोस्
गौरादहका स्थानीय युवाहरुको संगठन 'परिवर्तनका लागि युवा अभियान' ले आज बिहिबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्न प्रयास गर्दै धर्ना दिए।  मजदुरले खान नपाएको बेला नगरपालिकाले अनियमिता लुकाउनको लागि कसैलाइ पत्तै नदिई नगरपालिका परिसर भित्रै गत हप्ता ठुलो परिमाणमा चामल गाडिएपछि त्यसको बिरोध गर्दै अभियान  ले खबरदारी गरेको हो।  

 

करिब ११ बजे तालाबन्दीको कार्यक्रम लिएर युवाहरु नगरपालिका कार्यालय पुग्दा नगरपालिका कार्यालय जनप्रतिनिधि बिहिन थियो भने केहि कर्मचारी मात्र कार्यालयमा कार्यरत देखिन्थे।  

 

मेयर रोहित साह कोभिड मिटिंगको लागि जिल्ला प्रशासन कार्यालय झापा गएको बताएको थियो भने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई व्यक्तिगत कामले  बिर्तामोड गएको र उपमेयर गीता भेटवाल बिरामी परेर स्वास्थ्य परिक्षणको लागि दमक गएको भनिएको थियो ।  

 

आफुहरु नगरपालिकामा तालाबन्दी गर्न आएकोले सहयोग गरिदिन कर्मचारीलाइ अभियानकर्मीले आग्रह गर्ने बित्तिकै केहि क्षण मै सुरक्षाकर्मीहरु परिचालित गरिएका थिए।  

 

अकस्मात ठुलो संख्यामा नगरपालिका आइपुगेका सुरक्षाकर्मीहरुले तालाबन्दी गर्न नमिल्ने भन्दै रोके ।  प्रहरीले तालाबन्दी गर्न रोक्दै गर्दा पनि युवाहरु कुनैपनि हालतमा तालाबन्दी गरेरै छाड्ने प्रयासमा देखिन्थे।  

 

युवाहरुले बारम्बारको प्रयास गर्दा पनि सुरक्षाकर्मीले रोके पछि झन्डै झन्डै मुठभेटको अवस्थानै सिर्जना हुनपुगेको थियो।  

 


 चामल कुहिएको र खाडल खनेर गाडिएको काण्डले राष्ट्रव्यापी चर्चा चलिसक्दा पनि गौरादहका जनप्रतिनिधिहरुले भने यसलाई सामान्य रुपले लिने गरेको पाइन्छ।  दाता वाट संकलित खाद्यान्न सामाग्रीको लापरबाही पूर्ण तरिकाले भण्डारण गरेर कुहिएको विषयमा गम्भारिता नलिएकै कारण वाट परिस्थिति चुनौतिपूर्ण बन्दै गएको स्थानीयको ठहर छ।  
Views: