d

बाबुको काममा बसेका दाहाल दम्पतिको आगलागीमा परि मृत्यु, आत्महत्या भएको आशंका 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बिकास नेपाल 
संखुवासभा: पर्दाफास/ जेठ २१ संखुवासभाको मादी नगरपालिका ५ च्यारिंगमा गए राती बिभत्स घटना घटेको छ।  पिताको काज क्रियामा बसेका दाहाल दम्पतिको आगलागीमा परि  निधन भएको हो ।  पिताको निधन भई बिगत ७ दिन देखि काज किरियामा बसेको बेला अचानक घर आगलागी भई दाहाल दम्पतिको मृत्यु भएको बताइएको छ।   
आगलागीमा परि मृत्यु हुने श्रीमान राजु दाहाल र श्रीमती कमला दाहाल काज क्रिया गरिरहेको माइलो दाजुको घर बाट रातको १२ बजे अचानक निस्किएर नजिकैको आफ्नो घरमा गएको र त्यसको केहि समय पछि नै घरमा आगोको मुस्लो देखिएको स्थानियको भनाइ उदृत गर्दै मादी नगर प्रमुख बिदुर कुमार लिन्थेपले बताए।  
दाहाल दम्पति परिवारका कान्छा छोरा बुहारी हुन्।  मृतक कमला दाहाल स्थानीय बिद्द्यालयकी शिक्षिका थिइन्।  
रातको १२ बजेको समयमा नजिकै रहेको आफ्नो घर तर्फ गएको स्थानियले देखेका थिए।   
उनीहरु घर भित्र छिरेको  केहि समय पछि नै  घरको छाना बाट धुवाको मुस्लो क्रियापुत्री रुघ्न बसेका छरछिमेकीले देखेको बताइन्छ ।  
घर आगलागी भएको थापा पाएका उनीहरु दौडिएर उद्दार तर्फ लागे।   
एक स्थानियले भने, 'भित्र बाट  ढोका बन्द भएकोले ढोका फुटाउन केहि समय लाग्यो, ढोका खोलेर हेर्दा श्रीमान् ढोका नजिकै लडिरहेका थिए, आगोको दन्दनी बलिरहेको कारण श्रीमती कता छिन् फेला पार्न सकिएन। 
 उद्दार प्रयास गर्दा  श्रीमान् लाइ जिवितै अबस्थामा भेटेर पोलि क्लिनिकमा उपचारको लागि लगिएको   तर श्रीमती लाइ फेला पर्न नसकिएको जनाईएको छ भने उपचारकै क्रममा श्रीमानको मृत्य भएको र श्रीमतीलाइ घटनास्थलमा बिहान प्रहरीले मृतक अवस्थामा भेटेको  इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।  
दाहाल दम्पतिले आत्महत्या नै  गरेका हुन् त् भन्ने विषय अहिले माडीमा निकै चर्चामा रहेको छ।   निसन्तान भएका कारण आफुहरुलाइ अभागी ठान्ने गरेकोले आफैं घरमा आगो लगाएर मृत्युवरण गरेका त होइनन भन्ने स्थानियले  आशंका गर्ने गरेको  बताइन्छ।  
घटनास्थललाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको र मृतक दम्पतिको सव पोस्टमार्टमको लागी चैनपुर अस्पताल लाने तैयारी भईरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 
Views: