d

गौरादह चामल काण्ड : ने क पा विप्लब ले दियो परिवर्तनका लागि युवा अभियानलाई साथ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पर्दाफास जेठ २१ झापा: नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले गौरादह चामल काण्डको बिरोधमा आफ्नो एक्यबद्दता रहेको जनाएको छ।  सामाजिक संजाल मार्फत आफुहरु भ्रस्टाचार र अनियमिताको बिरुद्दमा रहेको जनाउदै  परिवर्तनका लागि युवा अभियानले शुक्रबार गरेको नगरपालिका धर्ना तथा तालाबन्धिमा एक्यबद्दता रहेको जनाईएको हो।  
 गौरादह नगर कमिटी  इन्चार्ज   विज्ञान क्षेत्री सामाजिक संजाल फेसबुकमा लेख्छन्, '
[गौरादह नगरपालिकामा कोरोना महामारीको बेला गरिव जनताको गाँस काटेर संकलन गरिएको खाद्यान्न एक बर्षसम्म कुहाएर राखेर गाडेको बिषयमा जति निन्दा गरेपनि कम हुन्छ । यस चामल काण्डको विषयमा हाम्रो महान तथा गौरबसाली पार्टी नेपाल कम्युनिष्ट पार्टी झापा  गौरादह नगर कमिटीले गौरादह नगपालिकाको ध्यानाकर्षण नगराएको भने हैन फेरि पनि हामिले नगरपालिकाको तर्फबाट भएको बेवास्तालाई गम्भीरतापुर्बक लिएका छौ। आज  गौरादह युवा अभियान  "परिबर्तनका लागि युबा अभियान" को अगुवाइमा सो विषयमा पटकपटक खबरदारी गरेको तर नगरपालिकाको तर्फबाट बेवास्ता हुदा बाध्य भएर गौरादह नगरपालिकामा गरिएको तालाबन्दी कार्यक्रममा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी झापा गौरादह नगरकमिटीको पुर्णरूपमा  एक्यवद्धता रहेको जानकारी गराउदछु। साथै भ्रस्टाचार,बेतिथी कालोबजारी विरुद्धमा युबाहरुको आवजलाई दबाउने दुस्साहस नगर्न नगरपालिकालाई चेतावनी दिन चाहान्छौ।'
नेकपाले यस अघि पनि मजदुरले खान पाउनुपर्ने चामल पुरिएको भन्दै बिज्ञप्ती मार्फत भर्त्सना गरेको थियो।
चमालमा भएको अनियमिता र खाडल खनेर चामल गाडिएको बारे राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर समिति, ने क पा माओवादी केन्द्र र नेकपा (विप्लब) ले बिज्ञप्ति जारी गरेर भर्त्सना गरि सकेका छन् भने स्थानिय कार्यपालिकामा बहुमत सदस्य रहेको नेकपा (एमालॆ) र नगरप्रमुख सहित कार्यपालिकामा राम्रो वर्चस्व रहेको नेपाली कांग्रेसले समेत औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाई मौन बसेका छन्।  

गौरादह नगरपालिकाले गत जेठ १० गते २ ट्रक बढी चामल नगरपालिकाको आफ्नै परिसरमा गाडेको थियो।  नगरपालिकाको आफ्नो डम्पिङ्ग साइड हुँदा हुँदै किन नगरपालिका मै लगेर चामल गाडियो र ठुलो चामल कुहिएको बताइरहदा उक्त चामलको हिसाब किताब किन सार्वजनिक गरिएन भन्दै स्थानीयले तिब्र बिरोध गर्दै आएका छन् भने अघिल्लो वर्ष जथाभावी चामल वितरण गरेर बिबादास्पद बनेको नगरपालिकाले राहतको नाममा लाखौँ रकम हिनामिना गरेको हुन सक्ने भन्दै स्थानीयले सत्य तथ्य छानविन गर्न स्वतन्त्र छानविन समिति गठन गर्न माग गर्दै आएका छन्।  
Views: