d

ओलीको सत्ता आशक्तिलाई ठाकुर समुहले अवसरको रुपमा लियो - प्रकाशशरण महत

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको भन्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कडा  टिप्पणी गरेका छन् ।
 सरकारमा मधेशी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको उनले बताएका हुन्।  
पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए ।
मधेशका खास मुद्दालाई थाती राखेर सरकारमा जाने मधेशी नेताको चरित्र अवसरवादी भएको आरोप पनि उनले लगाए ।
कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधिसभा पनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनले बताए ।
प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफूहरुको विश्वास रहेको पनि नेता महतले बताए ।
Views: