d

कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न राप्रपा झापाले नेतृत्व लिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पंकजा भण्डारी 
राप्रपा झापाले  विभिन्न निर्णयहरु गर्दै भर्चुअल बैठक सम्पन्न गरेको छ ।
शनिवार भएको भर्चुअल बैठकमा कालोबजारी र भ्रस्टाचार नियन्त्रणमा राप्रपाले नेतृत्व लिने लगायतका महत्वपुर्ण निर्णय गर्दै  बैठक सम्पन्न गरिएको हो।  
कोभिड १९ नियन्त्रणमा पार्टीको भुमिका, प्रतिकुल राजनीतिक परिस्थितिमा सरकारमा जानू नहुने ठहर  लगायतका विषयमा  बैठक केन्द्रिय रहेको बताइएको छ ।
भर्चुअल रूपमा आयोजना गरिएको बैठकमा धारणा राख्ने अधिकांश वक्ताले  पिसिआर टेस्टको दायरा फराकिलो पार्नुपर्ने,  झापा जिल्लामा संचालित अस्पतालहरुमा सहज र सरल उपचार ब्यावस्था मिलाउनु पर्ने,  निजी अस्पताल संग सरकारले MOU सम्झौता गरि निशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने,  खेतीको समय भयएकोले गत बर्ष झै   कृषिको मल बिउको अभाव हुन नदिन समयमै सचेतना अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पार्टीले भुमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । 
बैठकले महामारीको बिचमा पनि सुरक्षाको मापदन्ड अपनाउदै पार्टीका सबै तहका सदस्य  पदाधिकारी आआफ्नो पालिकाको समितीहरु संग समन्वय गर्दै मानवीय सेवामा सहभागी हुने निर्णय गरेको छ ।
प्रतिकुल राजनीतिक परिस्थिति रहेकोेले तत्काल सरकारमा जान नमिल्ने ठहर गर्दै जिल्ला समितिको उक्त धारणा तत्काल केन्द्रमा पठाइ सरकारमा जानू अनुपयुक्त भएको जानकारी गराउने निर्णय गरिएको बताइएको छ ।
खानीजन्य पदार्थ  ढुङ्गा ,गिटी, बालुवा निकाशी गरि ब्यापार  घाटा न्यूनीकरण गरिने उदेश्य राखेर सरकारले नीति कार्यक्रम प्रस्तुत गरेको बिषयले आशङ्का र चिन्ता उत्पन्न भएको परिस्थितिमा सरकारले आफ्नो धारणा स्पष्ट गर्न जरुरी भयेको ठहर गर्दै बाताबरणीय सन्तुलन बिगार्ने तथा तराइ मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य नहुने निर्णय गर्दै सम्बन्धीतको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
त्यसैगरी बर्तमान असजताका बिच पनि राप्रपाझापा र स्थानिय समितीहरु पार्टीको तर्फबाट निर्बाचित जनप्रतिनिधि संयोजित सङ्गठनहरुको कृयाशिल भुमिका रहेको ठहर गरेको छ ।
संघीय र स्थानिय तहहरुमा भै रहेको भ्रष्टाचार र अनियमितता बिरुद्द उठेका आवाज लाई सम्बोधन गर्न सम्बन्धित निकाय को ध्यानाकर्षण गराउदै सबै प्रकारका भ्रष्टाचार कालोबजारी,  महङ्गी नियन्त्रणका लागि जोड्दार माग गरिने जनाइएको छ ।
बैठकले कोभिड संक्रमण बाट ज्यान गुमाउने सम्पुर्ण नेपालीहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै संक्रमीतको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको बताइएको छ।
बैठकमा केन्द्रिय सदस्यहरु राम थापा, राजकुमार पोख्रेल र निवर्तमान जिल्ला अध्यक्ष अम्बर बिष्टको समेतको सहभागीता रहेको जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताए ।   
Views: