d

राजेन्द्र महतोको विखण्डन आन्दोलन ओलीले थाहा नपाउनु आश्चार्यजनक : वामदेव गौतम

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।
उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएको भन्दै गौतमले आफू दुखी भएको उल्लेख गरेका हुन् ।
फेसबुकमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गौतमले लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ।
 नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’
‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनि शपथग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ– नेपाल अनेकौँ विशेषतासहितको राष्ट्र हो । त्यस्तै, संविधानको धारा ४ मा स्पष्ट भनिएको छ– अनेकौँ विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ, त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन,’ गौतमले भनेका छन् ।
 
image: nagarik Republica 
 
Views: