d

नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ जोडिए -बाबुराम भट्टराई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 काठमाडौँ : जसपा संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल एकै ठाउँ जोडिएको बताएका छन्।  
आफ्नै दल टुक्र्याएर सरकारमा गएका महतो सहितका नेताहरु र प्रधानमन्त्री ओली लाइ कटाक्ष गर्दै डा: भट्टराईले  ट्विटरमा पूर्वप्रधानमन्त्री भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’ उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए भने संघीय परिषद् अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बताउदै आएका छन्ब।  उनीहरु ओली नेतृत्वको सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धन संग सहकार्य गर्ने पक्षमा देखिन्छन् ।
Views: