d

घले दम्पत्तिले नेपाललाई दिए तीन करोड रुपैयाँका स्वास्थ्य सामाग्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२३ जेठ, काठमाडौं। गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ ।
अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो। योसमेत फाउण्डेसनले कोरोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।
कोरोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर यो रकम सहयोग गर्न लागेको बताइन्। अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा आपतकालीन सहयोग स्वरुप २ सय २० कन्सन्ट्रेटर हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।
फाउण्डेसनले यसअघि नेपालले भोगेका ठूला विपद्हरु जस्तै महाभूकम्प, नाकाबन्दी, बाढीपहिरो लगायतका संकटमा नेपाललाई सहयोग गर्दै आएको थियो।
अनलाइन खबर। 

 
Views: