d

विश्वकप छनोट : जोर्डनसँग पराजित भए पनि अगाडिको यात्रा कायमै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा नेपाल जोर्डनको हातबाट सोमबार ३–० ले पराजित भएको छ । 
कुवेत सिटीको जबर अल–अहमद इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपाल पराजित भएको भएता पनि जोर्डनले फराकिलो अन्तर भने बनाउन सकेन।   
पराजय संगै एसियाकप छनोट तेस्रो चरणमा प्रवेशका लागि नेपालको अगाडिको यात्रा कठिन देखिएको छ।   
जोर्डनलाई विश्वकप छनोटमा कायम रहन यो भन्दा ठूलो अन्तरको जित आवश्यक थियो । यो नतिजापछि नेपाल ६ अंकमै सीमित रहेर समूहको चौथो स्थानमा रह्यो । चिनियाँ ताइपेई भने शून्य अंकमा अन्तिम स्थानमा रहेको छ । छनोटमा कुल आठ समूह रहेका छन् र त्यसको चौथो स्थानमा रहने उत्कृष्ट चार टिमले एसिया कप छनोटको तेस्रो चरण खेल्नेछ । चौथो स्थानको अन्तिम चार रहने टिमले प्लेअफ खेल्नेछ ।
जोर्डनका लागि फैसलले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । रोहित चन्दले मुसा अहमदलाई लडाएपछि जोर्डनले पेनाल्टी प्रहारको अवसर पाएको थियो । फैसलको पेनाल्टी प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूले सही अनुमान लगाए पनि त्यो प्रहार निकै शक्तिशाली रहेको थियो ।
फैसलले ४९ औं मिनेटमा फ्रिकिकबाट दोस्रो गोल गरे र यो भने उत्कृष्ट रह्यो । लगभग ३० यार्डबाट फैसलले गरेको शक्तिशाली प्रहार नेपालले तेर्साएको मानवीय पर्खाल र गोलरक्षक लिम्बूलाई ‘बिट’ गरेर गोलमा परिणत भएको थियो । खेलको ६७ औं मिनेटमा यजान अब्दुल्लाहको क्रसमा यजान अलअरबले हेडबाट तेस्रो गोल थपे ।
नेपाली गोलरक्षक तथा कप्तान किरणले खेलका क्रममा केही उत्कृष्ट बचाउ गरे । यसले जोर्डनलाई थप गोल गर्नबाट रोकेको थियो । नेपालले भने पूरा खेल अवधिमा जोर्डनविरुद्ध कुनै पनि बेला सटिक मान्न सकिने आक्रमण बुन्न सकेन । नेपालको तुलनामा जोर्डनका खेलाडी शारीरिक रूपमा बलियो र अग्ला थिए । यसले जोर्डनलाई स्पष्ट फाइदा पुगेको थियो ।

 

 

Image: goalnepal.com

Views: