d

प्रचण्ड  भ्रष्ट र कुर्सी मोह भएका नेता हुन् - टोप बहादुर रायमाझी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भएको टिप्पणी गरेका छन्।  सोमबार एक विज्ञप्ति जारी गर्दै उनले दाहाललाइ भ्रस्ट चरित्र भएका व्यक्तिको संज्ञा दिएका हुन् ।  
 सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् l 
आफु माओबादी केन्द्रमा फर्किन लागेको भन्दै संचारमाध्यमले अफवाह फैलाएको बताएका छन्।  

माओवादी केन्द्र औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको विज्ञप्तिमा भनेका छन् । 
 उनले आफू केपी ओलीको नेतृत्वमा रहेको पार्टीसँगै रहेकाले माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन्। 
 
रायमाझीले भनेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’
Views: