d

असार देखि निषेधाज्ञा खुकुलो हुने संकेत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडाैं :  कोभिड-१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना ल्याउने भएको छ।  
निषेधाज्ञाको कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधारमा असारदेखि नयाँ तरिकाले अघि बढ्ने भन्ने प्रक्रियाको बारेमा  बहस सुरु गरिएको जनाईएको छ। 
सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको बताइएको छ। आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्ने गृह श्रोतको भनाइ उदृत गर्दै विभिन्न संचारमाध्यमहरुमा खबर छापिएका छन्  ।  

 

 

Picture: The Rising Nepal

Views: