d

प्रहरी चौकीभित्रै खुकुरी प्रहार गरी सुरक्षाकर्मी घाइते बनाउने ५ जना पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं :  सुनसरीको धरान बसपार्कस्थित प्रहरी चौकीमा खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीमाथि खुकुरी प्रहार गर्ने तथा प्रहरी चौकी तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो। जेठ १३ गते धरान बसपार्कस्थित प्रहरी चौकीमा प्रवेश गरी केही युवाले खुकुरी प्रहरी गर्नुका साथै प्रहरी चौकी तोडफोड गरेका थिए।
आक्रमणबाट प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए। साँझ धरान प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खोजेपछि रोक्न खोज्दा चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका थिए भने उनीहरुले चौकी नै तोडफोड गरेर फरार भएका थिए। पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। थाहा खबर। 
Views: