d

एमाले एकताको अन्तिम प्रयास

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : फुटको अन्तिम विन्दुमा पुगेको ने क पा एमालेले अझै पनि एकता जारी राखेको छ।   शीर्ष नेतृत्व तहमा दुरी  बढे पनि पार्टी एकताको पहल भने जारी देखिएको हो।  
अध्यक्ष केपी शर्मा ओलीले ६ बुदे एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन्। 
शिर्ष तहमा संवादहिन अवस्था रहेको भएपनि  दोस्रो तहका नेता भने पार्टी एकताको  प्रयासलाई जारी राखेका छन्।   
राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफल भएको थियो । उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली रहेका छन् भने  नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए।  बैठकमा नेपाल पक्षबाट भीम आचार्य समेत थपिएका बताइएको छ।  
ओलीले पेस गरेको ६ बुदेंलाई नेपालले जाल झेल र षड्यन्त्रको संज्ञा दिएका छन् भने जेठ ३ को अस्वस्थामा फर्किनको लागि प्रस्ताव गरिएको हुनाले नेपाल समूहका दोश्रो दर्जाका नेताहरु यसिको आडमा पार्टी एकताको लागि प्रयासमा रहेको पाइएको छ।  
पार्टी एकताको पहल दुवै पक्ष बाट भएतापनि संसद विगठनको मुद्दामा नै दुवै पक्ष केन्द्रित भएको पाएको छ।  
Views: