d

सरकारको प्रवक्तामा सञ्चार तथा सूचना मन्त्री नैनकला थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नैनकला थापा सरकारको प्रवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन्। 
मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बिहीबार साँझ पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवाारी दिएको हो।
तस्बिर: सेतो पाटी
 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बसेको पहिलो बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो। पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी थापा  पहिलो महिला सञ्चार मन्त्री बनेकी हुन् । 
Views: