d

गण्डकी प्रदेश: सरकार बनाउनै कठिन, प्रदेश सभा भंग  गरि नयाँ निर्वाचन हुने संकेत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पोखरा :  गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि अर्को सरकार बन्न पनि कठिन देखिएको छ  । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनमोर्चाका ३ र जसपाका २ सांसद रहेका छन् भएन एमाले संग एक्लै २७  सांसद रहेका छन् । 
फाइल तस्बिर 
कांग्रेस नेतृत्वमा सरकार बनाउन पनि जनमोर्चाकै साथ चाहिन्छ। तर, जनमोर्चाका सांसद कृष्ण थापा कांग्रेसलाई साथ नदिने पक्षमा छन्। कांग्रेसले पनि सरकार बनाउन नसके संविधानको धारा १६८ को ७ मा  प्रदेश प्रमुखले प्रदेशसभा भंग गरी ६ महिनाभित्र हुने गरी निर्वाचन घोषणा गर्नुपर्ने प्रावधान ।   कांग्रेस र जसपा जसरी भएपनि सरकार बनाउनै पर्ने ध्याउन्न मा छन् भने आफु अनुकुलको सरकार बनाउन नसक्दा उनीहरु  निर्वाचनमै जाने मनस्थितिमा पनि देखिएका छन्। 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् । बिहीबार गण्डकी प्रदेशसभामा भएको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् । 
प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका हुन् । ६० सदस्यीय प्रदेशसभामा ५८ जनाको उपस्थिति थियो । जसमध्ये ५७ जनाले मतदान गरेका हुन् ।  योसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् । 
मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाका ६० मध्ये ३१ सदस्यको साथ पाउनुपर्ने थियो। तर, उनलाई २७ जना सांसदले मात्र समर्थन गरेका हुन् । 
 

 
Views: