d

दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन अज्ञात समूह द्वारा तोडफोड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल : दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन अज्ञात समूहले तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।
लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्‍याएको छ । यसैगरी सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।
तस्बिर: अनलाइन खबर 
राति १२ बजेदेखि एक बजेको बिचमा सवारी साधनहरुमा तोडफोड भएको र प्रहरीकहाँ बिहान मात्र त्यसको सूचना आएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए । घटनामा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको पौडेलले बताए । द नेपाल टप। 
Views: