d

नरोत्तम वैद्यले प्रम विरुद्दको अभिव्यक्ति फिर्ता लिदै भने, 'आवेसमा बोलेंछु'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२९ जेठ, काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार  दिएको विवादास्पद अभिव्यक्ति मा आत्मा आलोचना गर्दै फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु हुने वित्तिकै  सभामुखसँग  समय मागेर उनले आवेसमा आएर  त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।
शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । 

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
Views: