d

युरोकप: टर्की इटाली संग ३-० ले पराजित, आज कुन कुन खेल हुँदै ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 

२९ जेठ, काठमाडौं ।   युरोकपको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको छ  । घरेलु मैदान रोमस्थित ओलम्पिया स्टेडियममा भएको गए रातीको खेलमा इटालीली सानदार जित हात परेको हो।  
एक पटकको च्याम्पियन इटलीले युरोकपमा एकै खेलमा दुई भन्दा बढी गोल गरेको यो पहिलो अवसर हो ।
पहिलो हाफ गोलरहित बराबरी भए पनि इटलीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।  सिरो इम्मोबाइल र लरेन्जो इनसिग्नेले इटलीका लागि गोल गरे । अर्को गोल भने उपहार पाएको थियो ।
 समूह ए अन्तर्गत खेलमा जित हात पार संगै इटलीले ३ अंक जोडेको छ ।
 
युरोकप अन्तर्गत आज तीन खेल हुँदैछ । जसमा समूह ‘ए’ का वेल्स र स्वीट्जरल्याण्ड, समूह ‘बी’ मा रहेका डेनमार्क र फिनल्याण्ड तथा बेल्जियम र रसियाबीच खेल हुँदैछ ।
वेल्स र स्वीट्जरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे बाकु ओलम्पिक स्टेडियममा सुरु हुनेछ । यस्तै डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे तथा बेल्जियम र रसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । डेनमार्कले घरेलु मैदान कोपनहेगनमा खेल्नेछ भने बेल्जियम र रसियाबीचको खेल सेन्ट पिटर्सवर्गमा हुनेछ ।
Views: