d

अनिकालको चपेटामा इथियोपिया, झन्डै साढे ३ लाख जनसंख्या संकटमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२९ जेठ, काठमाडौं । इथियोपियाको टिग्रे क्षेत्रमा गम्भीर प्रकृतिको अनिकाल शुरु भएको  संयुक्त राष्ट्रसंघले जनाएको छ। करिव  ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको बताउदै संयुक्त राष्ट्रसंघले करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने जनाएको हो।  
संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यो चेतावनी दिइएको जनाइएको हो ।
संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले भनेका छन्, ‘टिग्रेमा अहिले अनिकाल छ ।’
तस्बिर: ह्युमानीटेरिअन प्राक्टिक्स नेटवर्क 
बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासको जस्तो स्थिति आइलागेको छ र यसको कारण ठूलो संख्या (खासगरी बालबालिका) भोकमरीको चपेटामा पर्न सक्छन् । युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्याउन अपीलसमेत गरेको छ ।
यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ ।
सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्र जर्जर अवस्थामा छ । सन् २०२० को नोभेम्बर महिनादेखि जारी संघर्षबाट सो क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेको बीबीसीले जनाएको छ ।
Views: