d

यूरोकप: डेनिस फुटबलर एरिक्सन खेल मैदानमै ढलेपछि अस्पताल भर्ना, खेल स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कोपनहेगन: यूरो २०२१  खेलको क्रममा गए राती  डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धाको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन गम्भीर घाइते भई अस्पतालमा भर्ना गरिएको छ ।
पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि बढ्ने क्रममा अचानक भुइँमा लडेपछि घाइते भएका थिए । १५ मिनेटसम्म खेल मैदानमै उनको उपचार प्रयास गरिए पनि अवस्था गम्भीर भएपछि अस्पताल नै लैजानु परेको थियो ।
शनिबारको यस घटनापछि खेल स्थगित गरिएको छ । साथै २९ वर्षीय खेलाडी एरिक्सनको अस्पतालमा उपचार भइरहेको यूईएफएले जनाएको छ । पछिल्लो समाचार अनुसार उनको अवस्था स्थिर रहेको बताइएको छ ।
आक्रामक मिडफिल्डरको रुपमा खेल्ने एरिक्सन इटालियन क्लब इन्टर मिलानका लागि खेल्ने गरेका छन् । 
Views: