d

मुख्यमन्त्री पद गुमाए पछि मनांगे माथि सुब्बाको आक्रोश- 'धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन रहेछ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पर्दाफास ३० जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट धोका पाएको बताएका छन्।  आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई भोट नदिएर  धोका दिएको गुरुङले बताएका हुन्।  
मनांगेले  ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’, उनले मनाङ्गे माथि कडा कटाक्ष गर्दै सुनाए।  
फाइल तस्बिर 
गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए । तर पछिल्लो पटक उनले कित्ता फेरेर विपक्षी तिर लागेपछि गुरुङ नेतृत्वको सरकार समेत ढलेको छ भने कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार बनेको छ ।
निवर्तमान मुख्यमन्त्री गुरुङले  ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भन्ने तथ्य मनाङ्गेको कार्यशैली बाट पुष्टी भएको  बताए  ।’
 
Views: