d

साताको पहिलो दिन  १.३० अंकले बढ्यो नेप्से

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डौं – साताको पहिलो दिन आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.१० विन्दुमा पुगेको छ । नेप्से १.३० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११.५४ अंकले बढेर ५३९.४१ मा पुगेको छ । 
आइतबार कूल २२० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये, ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । आइतबार ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य ४० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
Views: